हङकङका घर विश्वकै महँगा



हङकङः घर खरिदको मामलामा हङकङ विश्वकै महँगो सहर भएको नयाँ अनुसन्धानले देखाएको छ। रियल इस्टेट फर्म सीबीआरईले हालै प्रकाशन गरेको ग्लोबल लिभिङ रिपोर्टले विश्वका ३५ सहरमा सम्पत्ति बजार विश्लेषण गरेर यो निष्कर्ष निकालेको हो। यो खबर आजको कारोबारदैनिकमा छापिएको छ। विश्वकै महँगा सम्पत्ति बजारमा एसियाको वर्चस्व छ। हङकङका घर पाँचौँ वर्षमा लगातार विश्वकै महँगा भएका छन्।

प्रतिक्रिया दिनुहोस्