बेंग्लाेरका कप्तान विराट काेहली परे कारबाहीमा



काठमाडौ‌ं : रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहली कारबाहीमा परेका छन् । आईपीएलमा लगातार ६ खेलमा पराजय भोगेको बेंग्लोरले शनिबार राति किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गर्दै हारको श्रृंखलामा अन्त्य गरेको थियो ।

तर उक्त खेलमा जित हात पारे पनि कप्तान कोहलीले भने कारबाहीमा भोग्नु परेको छ । लगातार ६ खेलमा पराजय भोगेको बेंग्लोरले शनिबार राति किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गर्दै हारको श्रृंखलामा अन्त्य गरेको थियो ।

उनलाई ‘स्लो ओभर रेट’ का कारण कारबाही गरिएको हो । पहिलो पटक कारबाहीमा परेका उनलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ भने अर्को पटक यस्तै गल्ती गरे एक खेलमा प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ ।

तर स्लो ओभर रेटका कारण कारबाहीमा पर्ने कोहली तेस्रो कप्तान भएका छन् । यसअघि मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा र राजस्थान रोयल्सका अजिंक्या रहाणे पनि कारबाहीमा परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्