जब रेखा पौडेल चम्किइन्, त्यसपछि भारतले हार्‍याे



काठमाडौं : एएफसी यु–१९ च्याम्पियनसिप छनोट खेलमा नेपाली चेलीहरुको टोलीले भारतीय टोलीलाई पराजित गरेको छ । नेपाललाई शानदार जित दिलाउने क्रममा रेखा पौडेलको दुई गोल गरिन् । 

 

अघिल्लो चरणको यात्राका लागि जित्नै पर्ने दबाबमा रहेको नेपाली चेलीहरुको टोलीले चाहे अनुसारको नतिजा निकालेको छ । नेपालको जितमा शानदार प्रदर्शन गरेकी रेखाले खेलको ५९ औँ मिनेटमा पहिलो गोल गरिन‍् । 

 

खेलको सुरुबाटै गतिला अवसर गुमाएको नेपाली टोलीका लागि रेखाले अग्रता दिलाएपछि भारतलाई झनै दबाबमा राख्यो । ५९ औँ मिनेटमा अग्रता दिलाएकी रेखाले ८८ औं मिनेटमा अर्को गोल थपिन् । 

 

खेलको अन्तिम समयमा भारतीय किपर डि बक्स भन्दा अगाडि आएको मौका सदुपयोग गर्दै रेखाले गोल गरेकी थिइन् ।  भारतलाई हराएपछि नेपालले अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राखेको छ। नेपालले अघि बढ्न बाँकी खेल जित्नुपर्ने छ । 

 

नेपालले अब समूह चरणको अन्तिम खेल आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । छनोटका क्रममा ६ समूहका विजेता- उपविजेताबाट उत्कृष्ट दुई टिम आगामी अप्रिलमा हुने दोस्रो चरणमा जानेछन् । 

प्रतिक्रिया दिनुहोस्