यसकारण भाेट हाल्न पाइनन् आलियाले



एजेन्सी : भारतमा लोकसभा चुनाव चल्दै छ। धेरै बलिउड किड्सहरु यस पटकको चुनावमा पहिलो पटक भोट हाल्दै छन्। तर, आलिया भट्ट भने भोट हाल्नबाट बञ्चित भएकी छन्। 

इन्डिया टुडेसँगको अन्तर्वार्तामा आलियालाई चुनाव र मतबारे प्रश्न सोधिएको थियो। त्यस क्रममा उनले बताइन, ‘म भोट हाल्न पाउँदिनँ, यसको कारण पासपोर्ट हो।’ पछिल्लो लोकसभा चुनावको बेलामा पनि आलियालाई यस्तै प्रश्न गरिएको थियो।

त्यतिबेला उनले दोहोरो नागरिकताबारे कुरा गरेकी थिइन्, दोहोरो नागरिकता दिने प्रावधान भारतमा अहिलेसम्म बनिसकेको छैन। आलियासँग अहिले बेलायतको नागरिकता छ। आलियाकी आमा सोनी बेलायती नागरिक हुन्।

प्रतिक्रिया दिनुहोस्