हामीले सिकारूकाे जस्ताे खेल्याैं अनि जित्न सकेनाैं : एम्बाप्पे



एजेन्सी : फ्रान्सेली लिगअन्तर्गत गएराति सम्पन्न साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) र लिलेबीचकाे खेललाइ लिएर यतिबेला फुटबल समर्थकबीच बहस नै सुरू भएकाे छ। उक्त खेलमा पीएसजी ५-१ गाेल अन्तरले नराम्ररी पराजित भएकाे छ। 

यसैबीच यस खेलपछि पीएसजीका स्टार फरवार्ड किलियन एमबाप्पेले आफ्नो टोलीले सिकारुले जस्तो खेलेको बताएका छन्।

पीएसजीका जुआन बर्नाट रातो कार्ड खाँदै बाहिरीपछि लिलले दबाब सिर्जना गरेको थियो । एक समय १-० ले पछाडी रहेर खेल बराबरी गरिसकेको पीएसजी अन्त्यमा लज्जास्पद हार बेहोर्न बाध्य भयो । एमबाप्पेले च्याम्पियन हुने टोलीले यसरि हार्नु उचित नरहेको बताए । ‘ खेल निकै प्रतिस्पर्धात्मक नै थियो । एक समय हामीले दवाव दिइरहेका थियौं भने एकैछिनमा दवाव खेप्न पर्यो । हामीले च्याम्पियन हुन्छु भन्दैमा यसरी खेल्न हुँदैन्,’ उनले भने ।

‘हामीले अझै संयमता अपनाएर खेल्नुपर्छ । हामीले केहि गल्ति सुधार आवश्यक छ। फुटबल मैदानमा खेलिने खेल हो, बाहिर बोलेर मात्र केहि हुँदैन । आज हामीले सिकारु खेलाडीले जस्तो फुटबल खेल्यौं। यस्तो हार स्वीकार हुने छैन,’ लिगका सर्वाधिक गोलकर्ता एमबाप्पेले थपे ।

प्रतिक्रिया दिनुहोस्