कम्युनिष्ट नेताहरुले प्रदेश सरकारलाई दास जस्तो व्यवहार गरे : उपसभापति निधि 



जनकपुरधाम: नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय सरकार र कम्युनिष्ट नेताहरुले प्रदेश सरकारलाई दास जस्तो व्यवहार गरेको भन्दै आपत्ती जनाएका छन् ।

 

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुराकानीको क्रममा कांग्रेस उपसभापति निधिले संघीय प्रहरी ऐन ल्याएर प्रदेश नं २ को सरकारले हिम्मत देखाएको टिप्पणी गर्दै संघीय सरकारको धम्कीपूर्ण व्यवहार आपत्तीजनक रहेको बताए ।

 

उनले संघीय संरचनामा प्रदेश सरकार केन्द्रिय सरकारको नोकर वा कार्यकर्ता हुन नहुने भन्दै संघीय सरकारको प्रदेशप्रतिको दृष्टिकोण उचित नभएको टिप्पणी गरे । 

 

उपसभापति निधिले संघीयता आएपनि देश चलाउने ड्राइभर संघीयता विरोधी हुन पुगेकोले शासन प्रणाली, राजनीतिक व्यवस्था र संविधान खतरामा परेको दाबी गरे ।  गुट उपगुटले पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ हुने बताएका निधिले पार्टीको अहित र क्षति हुने काम कुनै गुटबाट हुन नहुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्