जनकपुरमा जुडशीतलको रौनक (फोटो फिचर)



जनकपुरधाम : आफ्नो मौलिक पर्व जोगाउन जनकपुरधामलगायत मिथिलाञ्चल क्षेत्रमा जुडशीतल पर्व विभिन्न कार्यक्रमसहित मनाइँदै छ। आपसमा हिलो खेलेर मनाइने जुडशीतल आधुनिकतासँगै परिवर्तित स्वरूपमा मनाइन थालिएको छ।

‘सेभ हिस्टोरिकल जनकपुर’को अगुवाइमा आज (सोमवार) बिहान जनकपुरस्थित गंगासागरको पश्चिम घाटमा जुडशीतल मनाइएको छ। ठूलाबडा, मान्यजनले आफूभन्दा कान्छालाई शिरमा पानी छर्केर मुखमा माटो दलेको दृश्य हेर्न गंगासागरमा सर्वसाधारणको भीड नै लागेको थियो।

मिथिलामा जुडशीतलको छुट्टै महत्व रहेको र वैज्ञानिक कारणसमेत रहेको भन्दै वक्ताहरूले पानी संरक्षण गर्न जोड दिए। कार्यक्रममा वरिष्ठ अर्थविद् प्राध्यापक भोगेन्द्र झाले माटोप्रतिको स्नेह र प्रकृति संरक्षणका साथै श्रमशीलता बढोस् भनेर ठूलाबडा र मान्यजनले जल छर्कने गरेको बताउँछन्।

प्रतिक्रिया दिनुहोस्