धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु



धनगढी : धनगढीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा वडा नं.५ का ९२ वर्षिय पुरुषको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनको १७ गतदेखि प्रादेशिक अस्पतालमा उपचार भईरहेको थियो ।
आज विहान ५ बजे उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन् । संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

प्रकाशित :२० कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्