प्रधानमन्त्रीद्वारा समता स्कुललाई वल्ड बुक अफ रेकर्डस् हस्तान्तरण 



काठमाडौं : मासिक एक सय रुपैयाँ शुल्कमा नर्सरीदेखि मास्टर्ससम्म अध्ययन गराउँदै आएको समता स्कुल वल्ड रेर्कडमा सुचिकृत भएको छ। सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेको भन्दै वल्ड बुक अफ रेकर्डस् युकेले समता स्कुललाई सुचिकृत गरेको हो।

वल्ड रेकर्डमा सुचिकृत स्कुललाई सोमबार एक कार्यक्रमको आयोजना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले वल्ड बुक अफ रेकर्डस् युकेबाट प्राप्त प्रमाणपत्र हस्तारणतरण गरेका छन्। पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड) सहित बालुवाटारमा भएको एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले समताका संस्थापक उत्तम संजेललाई प्रमाणपत्र हस्ताणतरण गरेका हुन्।

समता स्कुल देशभरका ७७ वटा जिल्लामा छ। छिमेकी राष्ट्र भारत, श्रीलंका र बंगालदेश पनि समता स्कुल सञ्चालनमा छ। १२ देशमा रहेको समता स्कुललाई ५० देशमा पुर्याउने लक्ष्य रहेको समताका संस्थापक संजेलले बताए। संजेलका अनुसार समतामा हाल ५५ हजार विद्यार्थी अध्ययनरत छन्।

समताले स्कुलसँगै समता अस्पताल पनि सञ्चालन गर्दै आएको छ। समताले कलेजमा बीबीए कोर्स थप र समता नर्सिङ कलेज सञ्चालन ल्याउन लागेको संजेलले बताए। ‘हामीले समतालाई अझै फैलाउन चाहिरहेका छौं,’ संजेलले भने, ‘त्यसमा हामीलाई सरकारले साथ दिनपर्यो।’ समताले शिक्षा क्षेत्रमा उदहरणीय काम गरेको बताउँदै अबको दिनमा समतालाई अझै अघि बढाउन उत्साह मिलेको प्रधानमन्त्री ओलीले बताए।

‘समता शिक्षा क्षेत्रमा योगदान गरिरहेको विद्यालय हो,’ प्रधानमन्त्री ओलीले भने, ‘राज्यको तर्फबाट पनि समता नर्सिङ कलेज र बीबीए कोर्स थप्न सहयोग हुनेछ।’ प्रधानमन्त्री ओलीले संजेलको प्रयासबाट देशविदेशमा समता फैलिएको भन्दै खुसी व्यक्त गरे। वल्ड रेकर्डमा दर्ता भएर नेपालकै गौरवलाई बढाएको प्रधानमन्त्रीको ओलीको भनाई छ।

वल्ड रेर्कडको प्रमाणपत्र हस्ताणतरण कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, उद्योगपति डा. उप्रेन्द्र महत्तो लगायतका व्यक्तिको पनि उपस्थिती थियो। समतालाई सहगोग गर्दै आएका कलाकार श्रेष्ठ र डा. महत्तो जस्ता व्यक्तिको सहयोगले समता फैलिरहेको बताउँदै प्रधानमन्त्री ओलीले उनीहरुलाई पनि धन्यबाद व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्