अन्तराष्ट्रिय  गोजिरीयो कराँते प्रतियोगितालाई राष्ट्रवादी विकासशील अभियानको ८ लाख सहयोग 



काठमाडौं : अन्तराष्ट्रिय  गोजिरीयो कराँते प्रतियोगिता क्षेत्रीय रंगशाला धनगढीमा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक राष्ट्रिय कराते दो संघ नेपाल, सुदुरपश्चिम प्रदेशले प्रतियोगिता जेष्ठ ९ गतेदेखि ११ गते सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रवादी विकासशील अभियान रहेको आयोजकले जानकारी दिएको छ । राष्ट्रवादी अभियानले प्रतियोगिताका लागि ८ लाख सहयोग गर्ने भएको छ  ।

यस्तै कार्यक्रममा उपस्थित नेपाल कराँते महासंघका महासचिव हरिशरण केसीले प्रतियोतिाका लागि १५ हजार नगद सहयोग गरे । प्रतियोगितामा काता, कुमुते र टिम कुमिते गरी तीन विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ  ।

नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका खेलाडीको सहभागिता रहने बताईएको छ  । विभिन्न ४० विधामा प्रतिस्पर्धाहुने प्रतियोगितामा एक हजार प्रतियोगी सहभागी हुने आयोजकले  दावी गरेको छ ।

नवौं संस्करणसम्म आइपुग्दा प्रतियोगिताले गोजिरियोतर्फ राष्ट्रिय टोलीसम्म क्षमतावान खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको राष्ट्रिय कराते दो संघ नेपालका महासचिव प्रकाश चन्दले बताए । प्रतियोगिताको अनुमानित लागत ४१ लाख ९१ हजार रहेको जानकारी दिएको आयोजकलले नगरपालिका तथा स्थानीय व्यापारीक क्षेत्रमार्फत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

यसअघिपनि धनगढीमा स्थानिय निकायको सहयोगले विभिन्न समयमा प्रतियोगिता संचालन भएको स्मरण गराउदै यो प्रतियोगितालाई पनि सहयोग प्राप्त हुने विस्वास ब्यक्त गरे । सुदुरपश्चिम क्षेत्र खेलाडीको उर्भर क्षेत्र भएकाले सरकारले विषेस ध्यान दिनुपर्ने चन्दको भनाई छ । प्रतियोगिताको टिम च्याम्पियनले ७५ हजार पुरस्कार पाउँनेछन् । 

प्रतिक्रिया दिनुहोस्