जनकपुरधाम : रामजानकी विवाह पञ्चमी महोत्सव भव्यताका साथ मनाउन प्रदेश सरकारले ५० लाख दिने निर्णय गरेको छ । शुक्रबार सम्पन्न मन्त्री परिषद्को बैठकले हिन्दुहरुको महान उत्सवलाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरेको हो ।
प्रदेश सरकार सचिवालयलाई मधेश भवन घोषणा
प्रदेश सरकारले जनकपुर चुरोट कारखानाको परिसरमा रहेको प्रदेश सरकारको सचिवालयका मधेश भवन नामाकरण गरेको छ । मन्त्री परिषदको शुक्रबार सम्पन्न बैठकले जचुकाली भवन परिसर भित्र हाल कायम रहेको सचिवालयका भवनहरुलाई मधेश भवन घोषणा गरिएको हो ।
एक महिना भित्र आवश्यक कर्मचारी पठाउन संघीय सरकारलाई आग्रह
मन्त्रीपरिषदको शुक्रबार सम्पन्न बैठकले प्रदेश सरकार तयार पारेको कर्मचारी संगठनात्मक संरचना (ओएनएम) अनुसारको कर्मचारी एक महिनाभित्र पठाउन संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
एक महिना भित्र संघीय सरकारले आवश्यक कर्मचारी नपठाए प्रदेश सरकारले आफै व्यवस्था गर्ने निर्णय समेत मन्त्री परिषदको बैठकले गरेको हो ।