
काठमाडौं : इङ्ल्याण्ड र वेल्समा हुने एकदिवसीय विश्वकप क्रिकेटका लागि भारतीय टोलीको घोषणा गरिएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को मुख्यालय मुम्बईमा सोमबार १५ सदस्यीय टोलीको घोषणा गरिएको हो।
विश्वकपमा भारतीय टोलीको कप्तानी नियमित कप्तान विराट कोहलीले गर्ने छन्। टोलीमा केएल राहुल, दिनेश कार्तिक, विजय शंकर र रवीन्द्र जडेजा १५ सदस्यीय टिममा पर्दा ऋषभ पन्त र अम्बाती रायडु भने टोलीमा अटाएनन्।
यस्तो छ भारतीय टोली
विराट कोहली(कप्तान)
रोहित शर्मा(उप–कप्तान)
शिखर धवन
केएल राहुल
विजय शंकर
महेन्द्रसिंह धोनी(विकेटकीपर)
केदार जाधव
दिनेश कार्तिक
युजवेन्द्र चहल
कुलदीप यादव
भुवनेश्वर कुमार
जसप्रित बुमराह
हार्दिक पाण्ड्या
रवीन्द्र जडेजा
मोहम्मद शामी
प्रतियोगिता आगामी मे ३० बाट सुरु हुनेछ।