नेपाली बजारमा सुनको मूल्य कति ?



काठमाडौं : आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन तोलामा ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार रुपैयाँले बढेर ९६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ महासंघले जनाएको छ ।

प्रकाशित :२१ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्