दुर्घटनामा १ जनाको मृत्यु, एक गम्भीर



रौतहट : बस र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी रौतहटमा सोमबार एक जनाको ज्यान गएको छ। घटनामा एक जना गम्भीर घाइते भएका छन्।

गौर–चन्द्रनिगाहपुरसँगै जोडिएको सहायक राजमार्गको हर्साहा चौकमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा गरुडाबैरिया निवासी २५ वर्षीया किसन साहको ज्यान गएको छ। साहकी श्रीमति २२ वर्षीया आरती साह गम्भीर घाइते भएकी छिन्।

चन्द्रनिगाहपुरबाट आउँदै गरेको ना४ख ६१११ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको ना४६प ९६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका साह र उनकी श्रीमतिलाई उपचारका लागि चन्द्रपुर प्राइभेट अस्पतालमा लगिएको थियो।

उपचारको क्रममा किसनको ज्यान गएको हो। आरतीको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले बताएको छ। बस प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार भएका छन्। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्