२० हजार घुससहित चन्द्रागिरी नगरपालिकाका अधिकृत पक्राउ



काठमाडौं : काठमाडौंको चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सडक मर्मत सम्पन्न पश्चातको रकम भुक्तानी दिने भन्दै ठेकेदारबाट लिएको घुससहित लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई पक्राउ परेका हुन् ।

भट्टराईले घुस मागेको भन्दै परेको उजुरीका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो ।

उनलाई घुस रकम लिइसकेको अवस्थामा नगरपालिकाका कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्