देहरादूनमा मृत भेटिएका शिक्षक नेपाली



काठमाडौँ : भारत, देहरादूनको शाक्य एकेडेमीमा गत साता मृत भेटिएका शिक्षक लुआङ लेकपा भनिने पेमा थुप्तेन गुरुङ मुस्ताङको लो घेकर दामोदरकुण्ड–४ का स्थायी बासिन्दा रहेको पुष्टि भएको छ ।

लेकवाले तीन वर्षयता शाक्य एकेडेमीमा बौद्धशिक्षा पढाइरहेका थिए । एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीमाथि कुटपिट एवं प्रताडनाको समाचार आएकै बेला शिक्षक लेकपा एकेडेमी परिसरकै आवासीय कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए । देहरादूनस्थित गोर्खा डेमोक्रेटिक फ्रन्टका अध्यक्ष सूर्यविक्रम शाहीका अनुसार उक्त एकेडेमीमा अध्ययनरतमध्ये ३८ जना नेपाली विद्यार्थी स्वैच्छिक रूपमा नेपाल फर्कन चाहेकाले बिहीबारै नेपालतर्फ आइसकेका छन् ।

एकेडेमीमा भएका विद्यार्थी कुटपिटबारे स्वतन्त्र छानबिन तथा घाइते विद्यार्थीको उपचारमा तदारुकता राखिने भनिए पनि यो प्रक्रिया एकेडेमीमा अझै अघि बढ्न नसकेको काठमाडौंमा रहेका अभिभावकले जनाएका छन् । कान्तिपुर दैनिकबाट

प्रकाशित : कात्तिक २२, २०७७

प्रतिक्रिया दिनुहोस्