कैलालीमा मनकामना युवा क्लबले प्रदेश स्तरिय फुटबल प्रतियोगिता गर्दै  



 

कैलाली: खेलकुद क्षेत्रको विकास भएसँगै आम नागरिकमा खेलकुदप्रति चासो बढिरहेका बेला विभिन्न खेलकुद प्रतियोगिताहरु पनि बढ्न थालेका छन् । विगतमा खेलकुद प्रतियोगिगता खासै नभएपनि अहिले हरेक व्यक्तिलाई स्वस्थ राख्न खेलकुद अनिर्वाय जस्तै भएको छ ।

 

शरिरलाई स्वस्थ राख्न खेलकुदको जरुरी भएकाले गाउँ स्तरबाटै खेलाडीहरु उत्पादनमा टेवा पुग्ने विश्वासका साथ धनगढी उपमहानगरपालिका-१२ स्थित मनकामना युवा क्लवले फुटवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । वडा नम्बर १२ मा निर्मित युवा क्लवको आफ्नै मैदानमा फुटवल प्रतियोगिता हुन लागेको हो ।

 

विगतमा पुरुषका लागि मात्रै प्रतियोगिता आयोजना भएपनि यस बर्ष युवा क्लबले महिला फुटवल प्रतियोगिता समेत गर्न लागेको हो । प्रदेश स्तरिय प्रतियोगितामा १६ पुरुष र ६ वटा महिला टिम सहभागी हुने आयोजकले जनाएको छ । भोलीदेखी सञ्चालन हुने प्रतियोगिता १९ गतेसम्म चल्ने क्लबका अध्यक्ष डबल बहादुर थापाले बताए ।

 

प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमलाई ५० हजार, द्वितीयलाई ३० हजार र महिला तर्फ प्रथमलाई २० हजार, द्वितीयलाई १० हजार पुरस्कार रहेको उनले बताए । प्रतियोगिताको उद्घाटन शनिबार दिउँसो १२ बजे धनगढी उपमहानगरका मेयर नृप बहादुर वडले गर्ने समय तालिका सार्वजनिक गरेको छ 

प्रतिक्रिया दिनुहोस्