मर्निङ वाक गर्न गएका पुरुष चोभारमा मृत फेला



काठमाडौं : चोभारमा मर्निङ वाक गर्न गएका एक व्यक्तिको मृत्यु भएको छ । शनिबार धोबिघाट नसराइज अपाटमेन्ट नजिक अन्जादी ४५ वर्षीय पुरुष मृत भेटिएका हुन् ।

स्थानीयबासीका अनुसार ती व्यक्ति करिब ५ बजे तिर बीच बाटोमा आराम गर्दै थिए । आराम गर्दागर्दै बाटोमा ढलेको र उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

शवको अवस्थिति हेर्दा ती पुरुषको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । मृतको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कात्तिक २२, २०७७

प्रतिक्रिया दिनुहोस्