बीपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु



काठमाडौं : धरानमा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत ६७ वर्षीया महिलाको मृत्यु भएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएकी ती महिलाको शुक्रबार साँझ ६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

यही कात्तिक १८ गते अस्पताल भर्ना भएकी ती महिलामा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा डायबिटिज र मानसिक सम्बन्धी समस्या पनि थियो ।

प्रकाशित : कात्तिक २२, २०७७

प्रतिक्रिया दिनुहोस्