दाङमा थप एकजना कोरोना संक्रमितको मृत्यु



दाङ : दाङमा थप एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१५ का ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिबार विहान मृत्यु भएको हो ।

कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएका उनी कात्तिक २० गते साँझ भेरी अस्पतालमा भर्ना भएका थिए । उनको उपचारकै क्रममा आज विहान साढे ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दाङमा ज्यान गएका कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।

प्रकाशित : कात्तिक २२, २०७७

प्रतिक्रिया दिनुहोस्