
स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा रियल म्याड्रिड लेगानेससँग १–१ को बराबरीमा रोकिएको छ। करीम बेन्जेमाको गोलमा रियल हारबाट जोगिएको हो।
खेल अवधिभर रियलले लेगानेसलाई दबाबमा राखे पनि गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो। पहिलो हाफको अन्तिम समयमा जोनाथन क्रिस्टियन सिल्भाले गोल गरेपछि रियल खेलमा पछि परेको थियो।
तर, दाेस्राे हाफकाे छैंटाै मिनेटमै करिम बेन्जेमाले गाेल गर्दै रियललाइ बराबरीमा ल्याएका थिए। पूरै खेल नियन्त्रणमा लिएकाे रियलले त्यसपछि भने गाेल गर्न सकेन। उसका चार वटा आसलाग्दा अवसर गाेलमा परिणत हुन सकेन्।