तीन हजार विद्यालय दरबन्दीविहीन



काठमाडौं : सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण नहुँदा देशभरका ३२ प्रतिशत विद्यालयमा एक शिक्षक बराबर २० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ । २९ हजार ३५ सामुदायिक विद्यालयमध्ये ९ हजार ४ सय ९४ वटामा एक शिक्षक बराबर २० विद्यार्थी छन् ।

 

एक शिक्षक बराबर १० भन्दा कम विद्यार्थी भएका विद्यालय संख्या २ हजार ८ सय १६ छन् । शिक्षा नियमावलीमा प्रत्येक कक्षामा काठमाडौं उपत्यका र तराईमा ५०, पहाडमा ४५ र हिमाली क्षेत्रमा ४० जना बराबर १ जनाका दरले शिक्षक हुनुपर्ने व्यवस्था छ ।

 

शिक्षक दरबन्दी पुनर्वितरणबारे सुझाव दिन मन्त्रिपरिषद्ले असार ४ गते पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा गठन गरेको कार्यदलले मंगलबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै शिक्षक दरबन्दी मिलान गर्दा प्राथमिक तहमा बढी र निम्नमाध्यमिक तथा माध्यमिक तहमा अपुग रहेको जनाएको छ ।

 

प्रतिवेदनअनुसार प्राथमिक तहका ३४ प्रतिशत विद्यालयमा शिक्षकरविद्यार्थी अनुपात मिलेको छैन । १ देखि ५ कक्षासम्म पढाइ हुने २७ हजार ७ सय २९ विद्यालय छन् । शिक्षक दरबन्दी मिलान गर्दा प्राथमिक तहमा ३ हजार ३ सय ८३ दरबन्दी बढी हुने तथा निम्नमाध्यमिक (६–८) मा २५ हजार ४ सय २५ र माध्यमिक (९–१०) मा २३ हजार ७ सय ४४ शिक्षक दरबन्दी संख्या अपुग रहेको प्रतिवदेनमा उल्लेख छ । याे खबर अाजकाे कान्तिपुर दैनिकबाट लिइएकाे हाे । 

प्रतिक्रिया दिनुहोस्