प्रधानमन्त्रीको सम्बोधन पूर्व माओवादीका मन्त्रीबाट बहिष्कार !



काठमाडाैंः नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरु नै उपस्थित भएनन्। प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालिन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उस्थित नभएका हुन्।

काठमाडौंमै रहेर पनि गृहमन्त्री थापा, उर्जामन्त्री पुन उपस्थित भएनन् भने अन्य मन्त्रीहरु भने काठमाडौंबाहिर कार्यक्रम तय गरेर सम्बोधन कार्यक्रम छलेका थिए। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

बालुवाटार श्रोतका अनुसार सबै मन्त्रीलाई बिहानै उपस्थित हुन आग्रह गरिएको थियो। ‘काठमाडौँ रहनुभएका सबै मन्त्रीलाई उपस्थितका लागि आग्रह गरिएको हो,’ बालुवाटार श्रोतले भन्यो, ‘केही मन्त्री काठमाडौँ बाहिर जानुभएको रहेछ। तर, काठमाडौँमा रहनु भएका मन्त्रीहरु किन सहभागी हुनु भएन, तयो थाहा हुन सकेन।’

प्रतिक्रिया दिनुहोस्