हिमाली जिल्लामा चिसो बढ्यो



जुम्ला : जुम्लालगायत हिमाली जिल्लामा चिसो बढेपछि जनवीवन प्रभावित हुन थालेको छ । मौसम फेरिएसँगै एक्कासी तापक्रम घटेको हो । जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार तापक्रम माइनस १ डिग्री झरेको छ । कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम भने २० दशमलप १ रहेको छ ।

चिसो बढेपछि मानिस बाक्लो कपडा लगाउने, न्यानो बनाएर बस्ने तथा तातोपानीको प्रयोग गर्न थालेका छन् । बाक्लो ज्याकेट, बाक्लो कोट, टोपी, तातो जुत्ता र मोजाका साथै घरमा आवश्यक बाक्लो कपडाहरु खरिद गर्नेहरु पनि बढेका छन् । विशेषगरी यहाँका बलबालिका र ज्येष्ठनागरिकमा रुघाखोकी बढ्न थालेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालका अस्पतालका निर्देशक डा मङ्गल रावलले रुघाखोकी र श्वास प्रश्वासका बिरामी केही बढेका बताए । उनका अनुसार अहिले कोरोना पनि भएकाले कोरोना वा रुघाखोकी छुट्टाउन सर्वसाधारणलाई अन्योल भएको छ ।

मौसम परिर्वतनको समय र कोरोना महामारीसमेत भएकाले यहाँका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको उनले बताए । न्यानो कपडा लगाउन, तातोपानी खान, भीडभाड नगर्ने तथा व्यक्तिले आफैँ जनस्वास्थ्यको मापदण्ड पालना गरी सुरक्षित हुन दिइएको डा रावलले जानकारी दिए ।

एक सातादेखि नै बादल लागि रहेकाले उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने अनुमान गरिएको छ । मेशीनरी सामान तथा सवारी साधन पनि चिसोले जाम हुन थालेका छन् । सोलार प्यानलमा तुषारो जम्ने भएपछि टेलिफोन तथा इन्टरनेटमा समेत समस्या शुरु हुन थालेको छ ।

चिसोले पत्रिका छाप्ने छापाखानामा पनि प्रभावित हुन थालेको कर्णाली सरोकार दैनिकका व्यवस्थापक धर्मसिंह कठायतले बताए । यसैगरी चिसो बढेपछि तातोपानीमा नहाउनेको भीडसमेत बढेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा

नयाँदिल्ली : भारतीय काँग्रेसका वरिष्ठ नेता महमद पटेलको कोरोना संक्रमणका कारण बुधबार मृत्यु भएको छ

महोत्तरी : महोत्तरीको बर्दिवास थप तनावको अवस्था सिर्जना भएको छ । मंगलबार प्रहरीको गोली लागेर

काठमाडौं : गृह मन्त्रालयले काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । जनकराज

काठमाडौं : महिला हिंसाविरुद्धको १६ दिने अभियान आज (बुधबार)देखि देशव्यापी रुपमा शुरु भएको छ ।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिन सम्बद्ध पक्षलाई आह्वान

काठमाडौं– कोरोना भाइरसको महामारी र विश्वका विभिन्न देशले सुरक्षाका लागि गरेका लकडाउनका कारण स्वदेश फर्कन

काठमाडौं : यस वर्षको हरिबोधनी एकादशी २ दिन परेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल

काठमाडौं : वैदेशिक रोजगार विभागले २ दिनमा ३ वटा मेनपावर कम्पनीमा छापा मारेको छ ।

बैतडी : बैतडीमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४

दोलखा : सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १८ औं पटक पसिना आएको छ । भीमसेनलाई

महोत्तरी : महोत्तरीको बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका व्यक्तिको