यसकारण मोदीका विश्वासपात्र आदित्यनाथलाई लगाइयो चुनाव प्रचारमा रोक?



काठमाडाैंः भारतको निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई चुनावी अभियान सञ्चालन गर्न रोक लगाएको छ। आउँदो महिना सम्पन्न हुने भारतको लोकसभा चुनावमा धार्मिक समुदायबीच घृणाको वातावरण सिर्जना हुने अवस्था रोक्ने उद्देश्यले मुख्यमन्त्री आदित्यनाथलाई तीन दिन चुनावी अभियान सञ्चालनमा रोक लगाएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का कट्टर हिन्दू राष्ट्रवादी नेता योगी आदित्यनाथनले मुस्लिम समुदायविरुद्ध अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले उनीमाथि रोक लगाइएको बताइएको छ। यो खबर आजको नागरिकदैनिकमा छापिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वासपात्रसमेत रहेका योगी आदित्यनाथलाई निर्वाचन अभियानका क्रममा उनले गरेको सम्बोधनलाई लिएर यसै महिना सचेत पनि गराइएको निर्वाचन आयोगद्वारा सोमबार जारी आदेश उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्