आजदेखि ३ दिनसम्म मौसमी बदली हुने, यी स्थानमा असिनापानी र हुन्डरीकाे सम्भावना



काठमाडौं । मंगलबार देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा हुने र चट्याङ पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूवानुमान महाशाखाले जनाएको छ। देशको पश्चिमी र मध्य भेगका केही स्थानमा असिनापानी र हुरीबतासको सम्भावना रहेको भन्दै महाशाखाले सचेत रहन पनि आग्रह गरेको छ।

साथै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुन सक्ने पनि महाशाखाले जनाएको छ। काठमाडौंलगायत देशका विभिन्न स्थानमा केही दिनयता झरी झैं नियमित पानी परिरहेको छ। यो क्रम बिहीबारसम्म चल्ने छ। 

महाशाखाले जारी गरेको सूचना यस्ताे छ

वैशाख ०३ गते मंगलबार

दिउँसो : देशका पश्चिमि भूभागमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रका भूभागमा आंशिकदेखि सामान्य बदली रहि देशका पश्चिमि भूभागका केहि स्थान र मध्य तथा पुर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग तथा हुरी बतास सहित वर्षारअसिना पानीको संभावना छ । पश्चिमी तथा मध्य तराईका स्थानहरुमा हुरी बतास को सम्भावना रहेको छ ्र साथै उच्च पहाडी तथा हिमाली भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ । 

राति : देशका पश्चिमि भू(भागमा सामान्य देखि पुर्ण बदलि र बाँकि भागमा आंशिक देखि सामान्य बदली रहि पश्चिमि भागमा धेरै जसो स्थानमा र पुर्व र मध्यका केहि स्थानमा मेघ गर्जनरचट्टयांग तथा हुरी बतास सहित वर्षाकोरअसिना पानीको संभावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ । 

वैशाख ०४ गते बुधबार

दिउँसो :  देशै भरि सामान्य देखि पुर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा चट्टयांग तथा हुरी बतास सहित वर्षारअसिना पानीको संभावना छ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ ्र उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावाना रहेको छ । 

राति :  देशै भरि सामान्य बदली रहि देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्टयांग तथा हुरी बतास सहित वर्षारअसिना पानीको संभावना छ । उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावाना रहेको छ । 

वैशाख ०५ गते बिहीबार

दिउँसो : देशै भरि आंशिक देखि सामान्य बदली रहि पश्चिमी क्षेत्रका केहि क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ । 

राति : देशको पहाडी भेगमा आंशिक बदली रहि देशका पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुईस्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

प्रतिक्रिया दिनुहोस्