हडप्न लागिएको एक अर्बको जग्गा सरकारले ल्यायो फिर्ता



काठमाडाैंः नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ र व्यापारीको मिलेमतोमा हडप्न लागिएको एक अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा सरकारले फिर्ता ल्याएको छ। ललितपुर महानगरपालिका-३ स्थित कित्ता नम्बर कित्ता नम्बर १८६ को ७ रोपनी १० आना जग्गा पुनः सरकारका नाममा ल्याइएको हो।

यो जग्गा संघको भोगाधिकारमा थियो। यो खबर आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन्।गत माघ २ गते संघले व्यापारीलाई लिजमा स्थायी संरचना बनाउन दिएको स्वीकृति खारेज गर्दै सरकारले उक्त जग्गा फिर्ता ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्