जनावर थाप्ने पासोमा परी सर्लाहीमा एक जनाको मृत्यु



सर्लाही : जंगली जनावरलाई थापिएको पासोमा परी सर्लाहीमा एक जनाको मृत्यु भएको छ।

जंगली जनावरले बालीनालीमा क्षति पु-याएको भन्दै धनकौल गाउँपालिका ७ गडहिया टोलका जगदिश रायको खेतमा विद्युतीय पासो थापिएको थियो। उक्त पासोमा परी ३० बर्से लालबाबु सहनीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाहीका डीएसपी प्रतीतसिंह राठौरले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्