नेपालगञ्जमा डोल्पाका कोरोना संक्रमित पुरुषको मृत्यु



नेपालगञ्ज : नेपालगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रोल्पा जिल्ला लिवाङ नगरपालिका–४ का ५६ वर्षीय पुरुषको कोरोनाबाट नेपालगञ्जमा मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, लिवाङ नगरपालिका–४ का ५६ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि रेउघा अस्पतालमा लगिएको थियो ।

कात्तिक १४ गते मेडिकल कलेज कोहलपुर ल्याइएको उनमा १५ गते कोरोना पुष्टि भएको थियो भने १६ गते भेरी अस्पतालमा ल्याइएको थियो ।

उनको शनिबार राति १२.१० बजे मृत्यु भयो । केही दिनयता बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका कोरोना संक्रमितको दैनिकजसो नै मृत्यु भइरहेको छ ।

योसँगै बाँकेमा २९ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : कात्तिक २३, २०७७

प्रतिक्रिया दिनुहोस्