लमजुङका कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु



लमजुङ : चिवनको भरतपुरस्थिल चितवन मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–२ का ४७ वर्षीय कोरोना संक्रमित पुरूषको आइतबार बिहान ४ः७ बजे मृत्यु भएको हो ।

अस्पतालका निर्देशक प्राध्यापक डा. दयाराम लम्सालका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखापरेपछि उनी मेडिकल कलेजमा भर्ना भएका थिए ।

कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका उनीलाई कात्तिक २३ मा मेडिकल कलेजको कोभिड आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

प्रकाशित : कात्तिक २३, २०७७

प्रतिक्रिया दिनुहोस्