जुवा-खालको पैसा खाने असईलाई निलम्बन गर्न सिफारिस



काठमाडौं: जुवा खालको पैसा खाएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले म्है‌ंपी अस्थायी प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) वीचित्र थापा मगरलाई निलम्बन गर्न भन्दै महानगरीय प्रहरी आयुक्त कार्यालय रानिपोखरीलाई पत्र लेखेको छ।

 

असई थापा मगरले चार लाख रुपैयाँ खाएको पुष्टि भएपछि निलम्बनका लागि पत्र लेखेको परिसर स्रोतले जानकारी दियो। 

 

असई थापा मगरको टोलीले गत सोमबार राति म्हैंपीको एक घरमा जुवाखालमा छापा मारेको थियो। सो क्रममा असई थापाले जुवा खालको १५ लाख रुपैयाँ बरामद गरेका थिए।

 

उनले जुवाडेलाई ११ लाख रुपैयाँपछि फिर्ता दिएका थिए भने ४ लाख रुपैयाँ आफैंले राखेको भन्दै दुई जुवाडे रितेश लामा र दिनेश पराजुलीले उजुरी दिएका थिए। उजुरी दिनै दुबै जना जुवाडेलाई परिसरले पक्राउ गरेर जुवा एेनअनुसार मुद्दा चलाएको छ। 

प्रतिक्रिया दिनुहोस्