धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु



सुनसरी : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धनकुटाको पाख्रीबास–३ का ७२ वर्षीय वृद्धको आइतबार दिउँसो १ः०५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएका उनी प्रतिष्ठानको कोभिड अस्पतालमा कात्तिक २२ गते भर्ना भएका थिए । उपचारको क्रममा वृद्धको आइतबार दिउँसो मृत्यु भएको हो ।

प्रकाशित : कात्तिक २३, २०७७

प्रतिक्रिया दिनुहोस्