सलमानको नयाँ फिल्म ‘भारत’को पोस्टर सार्वजनिक



एजेन्सी : सलमान खानको नयाँ फिल्म ‘भारत’को पोस्टर सार्वजनिक भएको छ । इदको अवसरमा प्रदर्शन हुने फिल्मको नयाँ पोस्टरमा सलमान सेतै फुलेको कपाल र दारीमा देखिएका छन् । सलमान आफैँले सेयर गरेको सो पोस्टरको क्याप्सनमा उनले लेखेका छन्– यस फोटोमा जति सेतो कपाल र दाह्री देखिएको छ, त्योभन्दा ज्यादा रंगीन मेरो जिन्दगी छ ।’ 

भारतमा सलमान को ६ किसिमका फरक अनुहार रहेको छ । भारतीय मिडियाका अनुसार फिल्म रिलिजअगाडि नै उक्त ६ अनुहार सार्वजनिक गरिनेछ । भारतमा सलमानका साथमा क्याट्रिना कैफ, दिशा पटानी, ज्याकी श्राफ, सुनील ग्रोबरलगायतले अभिनय गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्