बालुवाटारकाे जग्गा किर्ते गर्नेलाई पानीमुनि गए नि छाडिन्न : मन्त्री बाँस्काेटा



भैरहवा : सरकारी जग्गा किर्ते गरी व्यक्तिकाे नाममा पार्ने कसैलाई पनि सरकारले नछाड्ने बताएका छन्।

रुपन्देहीको मणिग्राममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पुगेका मन्त्री बाँस्काेटाले बालुवाटारकाे जग्गा किर्ते भएकाे सम्बन्धमा भने, ''प्रधानमन्त्री निवास बालुवाटारका सरकारी जग्गा कीर्ते गरेर जसले आफ्नो नाममा बनाउने चेष्टा गर्‍यो, त्यो मुली व्यक्तिलाई पानीमुनि गए पनि छाड्दैनौं',

मन्त्री बाँस्कोटाले भने, ‘सरकारी जग्गा दुरुपयोग गर्ने कोही कसैप्रति कुनै पद वा ओहदाप्रति, कुनै दल वा विचारप्रति सरकार नतमस्तक हुन सक्दैन, हामी त्यसमा कठोर हुन्छौं, हामी कारबाही गर्छौं।’ 

सरकारी जग्गामा काे-कसले किर्ते गरे छानबिन गरेर कारबाही हुने प्रस्ट पारे। 

बालुवाटारको जग्गाका सम्बन्धमा आफूले 'नेकपा महासचिव बिष्णु पौडेल ठगिनुभयो र सरकारले क्षतिपूर्ति दिनुपर्छ' भनेर नभनेको मन्त्री बाँस्कोटाकाे जिकिर थियाे।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने, 'महासचिव पौडेलले तेश्रो पक्षबाट जग्गा लिनुभएको रहेछ, उहाँलाई सरकारले क्षतिपूर्ति दिने होइन, जोसँग किन्नु भएको हो उसैले हो क्षतिपूर्ति दिने, सरकारले क्षतिपूर्ति दिँदैन र दिने पनि भनेको छैन।'

प्रतिक्रिया दिनुहोस्