रुपन्देहीमा ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



रुपन्देही : रुपन्देहीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको उपचारका क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले पुष्टि गरे । उनी मृगौला र कलेजोका दीर्घरोगी रहेका डा. गौतमले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८४ र लुम्बिनी प्रदेशमा १९८ पुगेको छ ।

प्रकाशित : कात्तिक २४, २०७७

प्रतिक्रिया दिनुहोस्