अत्यधिक चिसोले हुम्लामा पानीको जम्न थाल्यो



सिमकोट : हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ। कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो।

रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ। बाल्टिनलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत जमेर बरफ हुनथालेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी निरीक्षक तथा बिओपी हिल्साका प्रमुख सुरज केसीले जानकारी दिए।

यहाँको तापक्रम माइनसमा झरेकाले खानेपानीका धारामै बरफ जमेको छ। दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउने गरेको हो।

हिल्सामा होटल व्यवसायी कोही नभए पनि सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी रहँदै आएको केसीले जानकारी दिए।

चिसो बढ्दै गएपछि हिल्सा प्रहरी चौकीले मङ्सिर पहिलो सातातिर सिमकोट सर्ने तयारी गरिरहेको उनले जानकारी दिए। उनका अनुसार नेपाल प्रहरीको टोली जिल्ला फिर्ता भए पनि सशस्त्र प्रहरी हिउँदको समयमा पनि हिल्सामै रहने छ ।

मङ्सिर लागेसँगै हिल्सा, लिमीलगायतका उच्च क्षेत्रमा रहेका प्रहरी चौकी जिल्ला सदरमुकामतिर सर्ने गरेका छन्। हिल्सामा बिओपी स्थापना भएसँगै यो वर्षदेखि सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिने भएको छ।

पुस र माघ दुई महिना हुम्लामा अतधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढी हुने गर्दछ। तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले पानीका धारामै बरफ जम्न थालेको हो। (रासस)

प्रकाशित : कात्तिक २४, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा

नयाँदिल्ली : भारतीय काँग्रेसका वरिष्ठ नेता महमद पटेलको कोरोना संक्रमणका कारण बुधबार मृत्यु भएको छ

महोत्तरी : महोत्तरीको बर्दिवास थप तनावको अवस्था सिर्जना भएको छ । मंगलबार प्रहरीको गोली लागेर

काठमाडौं : गृह मन्त्रालयले काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । जनकराज

काठमाडौं : महिला हिंसाविरुद्धको १६ दिने अभियान आज (बुधबार)देखि देशव्यापी रुपमा शुरु भएको छ ।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिन सम्बद्ध पक्षलाई आह्वान

काठमाडौं– कोरोना भाइरसको महामारी र विश्वका विभिन्न देशले सुरक्षाका लागि गरेका लकडाउनका कारण स्वदेश फर्कन

काठमाडौं : यस वर्षको हरिबोधनी एकादशी २ दिन परेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल

काठमाडौं : वैदेशिक रोजगार विभागले २ दिनमा ३ वटा मेनपावर कम्पनीमा छापा मारेको छ ।

बैतडी : बैतडीमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४

दोलखा : सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १८ औं पटक पसिना आएको छ । भीमसेनलाई

महोत्तरी : महोत्तरीको बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका व्यक्तिको