स्वयम्भू–हनुमानढोका पदयात्राकाे गुरु योजना तयार



काठमाडौं : विश्व सम्पदा स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्राले जोड्ने गुरु योजना तयार भएको छ । सम्पदा तथा पर्यटन समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २२ सय मिटर दुरीमा रहेका दुवै विश्व सम्पदालाई पदयात्राले जोडने गुरु योजना तयार भएको जानकारी दिएको छ ।

गुरुयोजना विश्व सम्पदा दिवसको दिन आगामी बैशाख ५ गते बिहीबार सार्वजनिक गर्ने समितिका संयोजक न्हूच्छेकाजी महर्जनले जानकारी दिए ।

स्वयम्भूदेखि हनुमानढोकासम्मको सम्पदाहरुलाई विश्व सामू चिनाउने र पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले रहेको जनाईएको छ । एक वर्ष अघि पनि विश्व सम्पदा दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाको अगुवाईमा हनुमानढोकादेखि स्वयम्भूसम्म पदयात्रा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्