कैलालीमा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु



धनगढी : कैलालीको टीकापुरमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार उनी होम आइसोलेसनमा रहेका थिए ।

सोमबार बिहान धनगढी उप–महानगरपालिका २ का ८४ वर्षीय पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको थियो ।

प्रकाशित : कात्तिक २४, २०७७

प्रतिक्रिया दिनुहोस्