
१. इस्लाम धर्मावलम्बीको धर्मग्रन्थलाई के भनिन्छ ?
– कुरान
२. नेपालको कुन जिल्लामा राजी जातिको मुख्य बसोबास छ ?
– दाङ
३. महादेवका तीन नेत्र के का प्रतीक मानिन्छ ?
– चन्द्र, सूर्य र अग्नि
४. ‘द राइजिङ नेपाल’का पहिलो सम्पादक को थिए ?
– वरुण शमशेर
५. अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय कहाँ छ ?
– कास्की
६. ग्ँइ को पूर्ण रूप के हो ?
– Unidentified Flying Object
७. विश्वको तेस्रो ठूलो महासागर कुन हो ?
– हिन्द
८. ‘म नै राज्य हुँ’ कुन राजाले भनेका थिए ?
– लुई पन्ध्रौं
९. सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ?
– बैतडी
१०. इस्लाम धर्ममा ‘जकात’ शब्दले के जनाउँछ ?
– दान
११. युरोपेली केन्द्रीय बैंकको मुख्यालय (प्रधान कार्यालय) कुन देशमा छ ?
– जर्मनी
१२. महान्यायाधिवक्ता कसको मुख्य कानुनी सल्लाहकार हुन्छ ?
– सरकारको
१३. नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार सबैभन्दा बढी मानव विकास सूचकांक भएको जिल्ला कुन हो ?
– काठमाडौं
१४. सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्र कुन देशको कुन सहरमा छ ?
– भक्तपुर, नेपाल
१५. चन्द्रमाबाट ल्याइएको मेयर बसाल्ट नामक ढुंगा नेपालमा कहिले प्रदर्शन गरियो ?
– वि.सं. २०७० श्रावण
१६. विक्रम संवतको थालनी कसले गरेका हुन् ?
– विक्रमादित्य
१७. टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १२ हजार रन बनाउने खेलाडी को हुन् ?
– कुमार संगकारा
१८. वि.सं. २०७१ पुसमा चितवनमा सम्पन्न हात्ती सुन्दरी प्रतियोगिताको उपाधि कसले जित्यो ?
– पिङकीकली
१९. नेपालको प्रामाणिक समय कुन हिमालका आधारमा निर्धारण गरिएको छ ?
– गौरीशंकर हिमाल
२०. म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सू चीलाई नेपाली जनताका तर्फबाट नागरिक अभिनन्दन कहिले गरियो ?
– वि.सं. २०७१ असार १ गते