विप्लवको जनसरकारको निर्णय : एनजीओ, निजी स्कुल र ठेकेदारमाथि प्रतिबन्ध



काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनसरकारलाई सक्रिय बनाएको छ । विप्लवको नेकपाले जनसरकारमार्फत निर्माण व्यवसायी र गैरसरकारी संस्थामाथि प्रतिबन्ध लगाउन थालेको छ । 

जनपरिषद नेपालले पूर्वी पहाडी जिल्ला भोजपुरमा विभिन्न संघ संस्था र निर्माण व्यवसायीमाथि प्रतिबन्धको घोषणा गरेको हो । जनपरिषद् नेपालका प्रमुख तुफान किरातीले एक विज्ञप्ती निकाल्दै भोजपुरमा कार्यरत सबै गैरसरकारी संस्था, निजी विद्यालय, निर्माण व्यवसायीहरु र सबै एक्साभेटर र डोजर व्यवसायीमाथि प्रतिबन्धको घोषणा गरेका हुन् । 

सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएर धरपकड बढाएको विरोधमा विप्लवले यस्तो घोषणा गरेको हो । जनपरिषद नेपालका प्रमुख तुफानले जिल्लाका सबै संघ संस्था र व्यवसायीहरुलाई आफूकहाँ दर्ता गराउन पनि आग्रह गरेका छन् । ‘यदि दर्ता गर्न नआएमा हामी कारबाही चलाउन बाध्य हुनेछौँ’, विज्ञप्तीमा भनिएको छ, ‘आवश्यक कागजातसहित दर्ता गर्न नआएमा प्रतिबन्ध झेल्न पनि सचेत गराउँछौँ । '

 

 

प्रतिक्रिया दिनुहोस्