
गोरखा : गोरखा र आसपासका क्षेत्रमा मंगलबार भूकम्पकको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार मंगलबार मध्यान्ह १२ बजेर ३५ मिनेट जाँदा गोरखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
यो नयाँ भूकम्प नभएर ०७२ बैशाख ११ गतेकै भूकम्पको पराकम्प भएको मापन केन्द्रले जनाएको छ ।
४ वर्षअघि बैखाश १२ मा गोरखाको बारपक केन्द्रविन्दु भएर गएको ७.८ म्याग्निच्यूडको भूकम्पपछि हजारौंको संख्यामा परकम्पहरु गइसकेका छन् । दुई दिनअघि बझाङ केन्द्रबिन्दु भएर ४.८ रिक्टरस्केलको भूकम्प गएको थियो ।