कांग्रेसले राष्ट्रिय जागरण अभियान थाल्ने 



काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पहिलो चरणमा ७७ वटै जिल्लामा यो कार्यक्रम संचालन हुने कांग्रेस उपसभापति विमलेन्द्र निधिले बताए ।

दोस्रो चरणका कार्यक्रम भदौ २३ देखि असोज ७ सम्म ३३० निर्वाचन क्षेत्रमा हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुस ७ देखि १४ सम्म सबै पालिकामा हुनेछ ।

बर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै  सरकारका गतिविधिबारे जनतालाई बुझाउन यो अभियान सुरु गर्न लागिएको कांग्रेसले आज पत्रकारसम्मेलन मार्फत जानकारी गराएको हो ।

पहिलो चरणको  कार्यक्रम एक महिनासम्म संचालन हुनेछ ।  सरकारको अपरिपक्व र अदूरदर्शी शैलीका कारण अन्तराष्ट्रियजगतमा पनि  नेपालको छविमा ह्रास आएको कांग्रेसको ठहर छ । 

प्रतिक्रिया दिनुहोस्