बँदेलको आक्रमणबाट ७ जना घाइते



सर्लाही : सर्लाहीको चक्रघट्टा गाउँपालिका–७ मा सोमबार बेलुका बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन्। उखुबारीबाट निस्केको जंगली बँदेलले आक्रमण गर्दा खेतमा काम गरिरहेका स्थानीय ६० वर्षका भुईला महतो, ४२ वर्षका रामनरेश महतो, १५ वर्षका संजय सहनी, ७ वर्षका मनिष सहनी र रामनरेश राय घाइते भएका हुन्।

बँदेलको आक्रमणबाट घाइते भएका सबैजनाले जिल्ला अस्पताल मलंगवामा उपचार गरी घर फर्किएका छन्। सर्लाहीमा पछिल्लो समय जंगली बँदेलले खेतीपाती नष्ट गरेर किसानलाई हैरान पारेको छ। जंगलबाट आहार खोज्दै उखु बारीमा पुगेको बँदेल पुनः जंगल नफर्किने गरेपछि अहिले खेतबारीमा बसेर अन्नपात नष्ट गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्