सिरहा : जिल्लाकाे धनगढी नगरपालिका-७ बस्ने १० वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुखीपुर नगरपालिका-८ वस्ने २६ वर्षीय जो जो भन्ने कृष्ण मण्डल र सोही नगरपालिका-४ बस्ने २५ वर्षीय संजय श्रेष्ठ रहेका छन् ।
पाहुना बस्न आएका बालकलाई मण्डल र श्रेष्ठले सुखीपुर नगरपालिका-८ स्थित बाबुराम खोलामा लगेर जबरजस्ती अप्राकृतिक मैथुन र मुख मैथुन गरेका थिए । इलाका प्रहरी कार्यालय सुखीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।