बान्तै आउने कान्ति बाल अस्पतालको शौचालय



काठमाडौं : सरसफाइ अभियान्ता केपी खनालसहितको टोलीले महाराजगन्जस्थित कान्ति बाल अस्पतालका शौचालय सरसफाइ गरेको छ। सोमबार राति १० बजे अस्पताल पुगेको समूहले पस्नै नसकिने गरि दुर्गन्धित शौचालय सफा गरिदिएको हो।

समूहले कर्मचारी र महिलाबाहेकका शौचालय चिटिक्कै हुने गरि सफा गरेकाे छ । दिशा/पिसाबको गन्धले शौचालयमा जानै नसकिने अवस्था आएको थाहा पाएपछि आफ्नो समूहले राति भए पनि शौचालय सफाइ गरेको अभियन्ता खनालले बताए।

‘पानीको सुविधा भए पनि सरसफाइ अभावमा शौचालयको अवस्था अन्यन्तै दुर्गन्धित भएकाले भित्र पस्दा बान्तै आउने अवस्था थियो', अभियान्ता खनालले भने, 'तर हामी ८ जनाको टोलीले  सरसफाइ गरेपछि अहिले सहज रुपमा प्रयोग गर्न सकिने भएकाे छ।’

चर्काे दुर्गन्ध छल्न शाैचालय पस्दा एकै जनाले तीन वटा मास्क लगाउनु परेकाे थियाे । दिशा/पिसाबले जाम भएका पाइपहरू सफाइ गरेपछि अहिले शौचालयको अवस्था पूरै फेरिएको उनको भनाई छ। खनालको टोलीले क्लिन काष्ठमाण्डप अभियान मार्फत उपत्यकाका सार्वजनिक स्थानकाे सरसफाइ गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्