चहलपहल बढ्यो, बढेन व्यापार!



काठमाडौं : नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै बजारमा चहलपहल बढेको छ ।

सडकदेखि पसल, घरसम्म झकिझकाउ र झिलिमिली पार्ने, भाइ मसला, विभिन्न रंग, फूलमाला, कपडासम्मको रौनकले थप चहलपहल बढेको देख्न सक्छौं । उदयपुरको गाईघाटमा पनि दसैँको रौनक सकिएपछि केही दिन सुस्ताएको बजारमा फेरी चहलपहल बढेको देख्न सक्छौं । कोभिड–१९ का कारण दसैंमा खासै व्यापार नभएकोले तिहारमा अलि व्यापार हुन्छ कि भन्ने आश रहेको व्यापारीकोे भनाई छ । तर, बजारमा मानिसको चहलपहल भएपनि व्यापार भने त्यति नभएको उनीहरु बताउँछन् ।

‘कोभिडका कारण व्यापार छैन,’ गाईघाटमा रहेको कपडा पसलका उमेश बस्नेत भन्छन्–‘यति बेला पसलमा लाइन पर्खेर बस्नु पर्नै हुन्थ्यो । मानिस ठेलमठेला गर्दै सामान किन्थे । पहिलाको तिहारभन्दा व्यापार आधाले घटेको छ,’ उनले थपे–‘अझ तिहार आउन केही दिन बाँकी छ व्यापार बढ्ने विश्वास लिएर बसेका छौं ।’

उनको जस्तै बिपी चोकको बीचमा रेडिमेट कपडा बिक्री गर्दै आएका उमा निरौला पनि कपडा खरिदका लागि केही ग्राहक आएपनि व्यापार भने खासै नभएको बताउछन् । ‘कोरोनाका कारण यस वर्ष धेरै मर्कामापरेका छौं । यतिका समय पसल बन्द गरेर बस्नु पर्ने अवस्था आयो । अहिले खुले पनि व्यापार हुँदैन । न त दसैँमा नै व्यापार भयो न अहिले । तर, पनि ग्राहक कुरेर बसेका छौं, यस वर्ष कोभिडका कारणले नयाँ डिजाइनका कपडा पनि त्यहि आउन सकेको छैन, व्यापार पनि छैन । सामान पनि त्यति छैन । पुरानो सामानको स्टक क्लियर गर्न लागेका छौं,’ उनले भनिन्–‘गत आवको भन्दा मूल्यमा पनि खासै त्यति अन्तर नभएको उनले बताए । हामी दशैं तिहारमा व्यापार गरेर वर्षदिन टिक्ने अवस्था बन्थ्यो । अहिले त बोनी गर्न पनि गाह्रो छ ।’

गाईघाटमा कपडामात्रै होइन खाद्यान्न वाहेक अरु वस्तुको पनि व्यापार सोचे जस्तो छैन ।

आफ्नो किराना पसलको अगाडि थोरै ठाउँ बढाएर भाई मसलाका व्यापारी अशोक गुप्ता भन्छन् । सामान्य समयमाभन्दा तिहारको समयमा व्यापार गर्न भ्याइ नभ्याइ हुन्थ्यो । खाजा खाने समेत फुर्सद हुँदैन थियो । काम गर्ने मानिस समेत राख्नु पथ्र्यो तर यति बेला हामी ग्राहको पखाईमा पसल कुरेर बसेका छौं । फाट्टफुट्ट व्याापर भएपनि उत्साह छैन। मानिसलाई कोरोनाको चिन्ता छ ।
उनले भने यहि नगरपालीकाको कर्मचारीलाई कोरोना लागेकोले अझ मानिस त्रसित भएका छन् ।

बिपी चोकका अर्का व्यापारी उमा दनुवार पनि तिहारको बेलामा यसरी खाली बस्नु पर्दा छक्क छन् । उमा भन्छिन्–‘व्यापार छैन । अहिले ग्राहक कुर्दै ठिक्क छ । यतिका महिनादेखि काम धन्दा बन्द छ,कमाई छैन अनि कहाँबाट सामान किन्नु ? सानान किन्न त पैसा हुनपर्यो नि । कति त भोकै बस्नुपर्ने अवस्था छ । मानिससँग विहान बेलुकाको छाक टार्न त नसक्ने अवस्थामा छन् । अनि कसरी चाडपर्व मान्नु । अझ सामान बिग्रने डर पनि उत्तिकै छ ।’

लकडउन खुलेसँगै बजारमा चहल–पहल बढेको छ । पसल, रेष्टुराँ, होटल, बैंक तथा वित्तीय संस्था तथा सरकारी कार्यालय खुलेका छन् । तर, कोरोना भाइरसका संक्रमित पनि दिनानुदिन थपिँदै छन् । बजारमा चहल–पहल देख्दा व्यापार व्यवसाय लयमा फर्किसकेको जस्तो भान हुन्छ ।

तर, आमनागरिकको आयस्रोत घटेको र कोरोनाको त्रास बाँकी नै रहेकाले अहिले दैनिक उपभोग्य वस्तु बेच्ने पसलबाहेकमा व्यापार हुन सकेको छैन ।

किराना, डेरी, तरकारी तथा फलफूल पसलमा सामान्य व्यापार भइरहेको भएपनि पहिलेको तुलनामा निकै कम व्यापार भएको व्यवसायीहरु बताउँछ।

प्रतिक्रिया दिनुहोस्