विचारका आधारमा साहित्यकारलाई गिरफ्तार नगर्न आग्रह



काठमाडौं : प्रगतिशील लेखक सङ्घले विचारकै आधारमा साहित्यकार तथा कलाकारलाई राज्यले गिरफ्तार गर्ने, हिरासतमा राख्ने र मुद्दा चलाउने कार्य नगर्न आग्रह गरेको छ ।

“हामी कुनै पनि प्रगतिशील स्रष्टालाई राज्य तहबाट हुने कुनै पनि तहको दमनकारी क्रियाकलापका विरुद्ध आबाज उठाउनु नैतिक दायित्व ठान्दछौँ”, प्रलेसका अध्यक्ष डा जीवेन्द्रदेव गिरी र महासचिव समिर सिंहद्वरा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “गिरफ्तार लेखक साहित्यकार एवं कविकलाकारको यथाशीघ्र रिहाइका लागि अपिल गर्दछौँ ।” पछिल्लो समयमा रसुवाली कविलाई सरकारले गिरफ्तार गरेको थियो ।

सङ्घले प्रस्तावित नागरिकता ऐन संंशोधन विधेयक २०७५का सम्बन्धमा निर्णय लिँदा जनमानसमा भइरहेको आलोचना र टीका टिप्पणीप्रति गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्