बाढीमा परी पाँचको मृृत्यु



एजेन्सी : अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । अन्य १७ जना बेपत्ता छन् । 

गत २४ घण्टाभित्र हेरात प्रान्तको कम्तीमा तीन ओटा जिल्लामा आएको भीषण बाढीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु र १७ बेपत्ता भएको प्रान्तीय सरकारका प्रवक्ता जैलानी फर्हादले जानकारी दिए । बाढीले पचासभन्दा बढी घर बगाएको छ । 

एक व्यक्तिको मृत्यु भएको काबुल नदी इलाकामा नजान सरकारले सूचना जारी गरेको थियो ।अफगानिस्तानमा मार्च २८ यता भएका भारी बर्षापछि आएको बाढीमा परी १ सय ३० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । अन्य २ सय जना घाइते भएका छन् । 

सो विपत्तीको उद्दार कार्य जारी छ । कम्तीमा एक सय परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा लगिएका प्रवक्ता फर्हादले  बताए ।

प्रतिक्रिया दिनुहोस्