ट्रकको ठक्करबाट २ जना गम्भीर घाइते



वीरगन्ज : वीरगन्जमा भारतीय मालबाहक ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका छन्। एकिकृत चेकजाँच चौकी नजिकै बिआर२६जिए ८०६६ नम्बरको ट्रकलाई ओभर टेक गर्ने क्रममा ना२२प ४१४१ नम्बरको मोटरसाइकल ठोक्किदा २ जना गम्भीर घाइते भएका हुन्।

घाइते हुनेमा वीरगन्ज १७ का १२ वर्षीय बालक शेक आशिक अन्सारी र १७ वर्षका रुदल मियाँ अन्सारी रहेका छन।

घाइते दुवै जनालाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा लगिए पनि उपचार सम्भव नभएपछि थप उपचारको लागि बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्पताल भर्ना गरिएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए। 

प्रतिक्रिया दिनुहोस्