उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ९३ हजार ७७५



काठमाडौं : काठमाडौं उपत्यकामा कुल कोरोना संक्रमितको संख्या ९३ हजार ७७५ पुगेको छ । मंगलबार उपत्यकामा १४२०जना नयाँ संक्रमित थपिएसँगै उपत्यकामा संक्रमितको संख्या ९३ हजार ७७५ पुगेको हो ।

यसैगरी उपत्यकामा कोरोनाले मृत्यु हुनेको संख्या भने ४२५ पुगेको छ । उपत्यकामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी २८० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७४ हजार ३४४ रहेको छ भने ५७ हजार ३७८ जनाले कोरोना जितेका छन् । काठमाडौं जिल्लामा मात्र १६ हजार ६८६ जना सक्रिय संक्रमित छन् ।

भक्तपुर जिल्लामा १२ सय २४ जना सक्रिय संक्रमित छन् भने ५ हजार ३८७ जनाले कोरोना जितेका छन् । जिल्लामा जम्मा संक्रमितको संख्या ८ हजार ८८४ पुगेको छ भने ७३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै ललितपुर जिल्लामा १० हजार ५४७ जना संक्रमित भएका छन् । जसमध्ये ८ हजार १२५ जना निको भएका छन् भने २३ सय ५० सक्रिय संक्रमित छन् । ललितपुरमा ७२ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । जसमध्ये १ लाख ६० हजार ५७७ जनाले कोरोना जितेका छन् ।

२४ घण्टामा ८५३ जनाले कोरोना जितेका छन् भने २२ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ ।

प्रकाशित : कात्तिक २६, २०७७

प्रतिक्रिया दिनुहोस्